बंगलादेशमा हिन्दुका मन्दिर र घरहरूमा तोडफोड, तीन जनाको मृत्यु


२८ आश्विन २०७८, बिहीबार
Bangladesh1634211123

काठमाडौं, २८ असोज । बंगलादेशमा एक फेसबुक पोस्टको कारण हिंसा भड्किँदा थुप्रै दुर्गा पूजा स्थलमा तोडफोड भएको छ । कम्तीमा १५० अल्पसंख्यक परिवारमाथि हमला भएको छ । अधिकारीहरूले तीन जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

बंगलादेशको कोमिल्ला जिल्लामा एक पूजा स्थलमा कुरानको कथित अपमानको अफवाहपछि हिंसा भत्किएको हो । हिंसा भड्किएपछि भारी सुरक्षाबल तैनाथ गरिएको छ । प्रहरीकाअनुसार हिंसामा तीन जनाको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएका छन् ।

प्रहरीले अहिलेसम्म थुप्रै हिन्दु मन्दिर, घरहरू र पसलहरूमा तोडफोड गर्ने १० जनालाई पक्राउ गरेको छ । स्थानीयवासीले त्यहाँ यस्तो खालको घटना पहिलो पटक भएको बताएका छन् ।

२०११ को जनगणनाअनुसार बंगलादेशमा १४ करोड ९० लाख जनसंख्याको ८.५ प्रतिशत हिन्दु रहेका छन् । कोमिल्ला जिल्लासहित अन्य थुप्रै जिल्लाहरूमा हिन्दु समुदायको मानिसहरूको ठूलो संख्या रहेको छ । पश्चिम बंगालका थुप्रै संगठनहरूले बुधबार रात भएको हिंसाको निन्दा गरेका छन् । विश्व हिन्दु परिषदले यस घटनाको गम्भीर रूपमा छानविन गर्न माग गरेको छ । बीबीसी हिन्दी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७