काठमाडौं उपत्यकासहित देशभर भारी वर्षाको सम्भावना


३० आश्विन २०७८, शनिबार
kathamandu

काठमाडौं, ३० असोज । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोलिदेखि मौसममा बद्ली हुने जनाएको छ । शुक्रबार (हिजो) विशेष बुलेटिन निकालेर महाशाखाले अहिले देशभर मौसम सफा रहेपनि भोलिदेखि भने देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जनाएको हो ।

हाल लुम्बिनी प्रदेशमा सामान्य बदली र अन्य प्रदेशमा आंशिक बदली रहेको महाशाखाले जानकारी दिएको छ । आज प्रदेश–१, प्रदेश–२, वाग्मति प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने र अन्य भू–भागमा आंशिक बदली हुनेछ । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाकाअनुसार भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले आज नेपालमा आंशिकदेखि सामान्य बदली हुने भएको हो ।

भोलिदेखि भने केही दिन देशभर सामान्यदेखि पूर्ण बदली हुने महाशाखाले जनाएको छ । सँगै देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित ठूलो वर्षाको समेत सम्भावना रहेको छ । महाशाखाले विशषेगरेर यात्रा तथा कृषि कार्य गर्दा सजक रहन आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७