मेरो उम्मेदवारी अध्यक्षमा हो, सदस्यमा शपथ लिन्न : भीम रावल

‘आफ्नो कति मत आउँछ भन्ने अनुसन्धान गरेको छैन’


१४ मंसिर २०७८, मंगलवार
Bhim rawal q0ll7wXvqH

चितवन, १४ मंसिर । नेकपा एमालेका नेता डा. भीम रावलले केन्द्रीय सदस्यमा नरहने स्पष्ट पारेका छन् । पार्टीको महाधिवेशनअन्तर्गतको मतदानपछि रावलले आफूले अध्यक्ष बाहेकका पदमा उम्मेदवारी नदिएको स्पष्ट पारेका हुन् ।

आयोगका पदाधिकारीलाई अध्यक्षका लागि मात्र आफ्नो उम्मेदवारी रहेको जानकारी गराए पनि आफ्नो नाम सदस्यमा पनि रहेको भन्दै उनले विजयी भए अध्यक्षका रूपमा मात्र शपथ लिने बताए । आठौं महाधिवेशनमा पनि यही विषयमा विवाद भएको स्मरण गर्दै रावलले भने, ‘मैले जुन पदमा उम्मेद्वारी दिएको छैन त्यसमा कसरी शपथ लिन्छु ! अहिले पनि मैले त्यसमा उम्मेदवारी दिएको छैन । अध्यक्ष पदमा विजय भए शपथ लिन्छु, अन्य पदमा मैले उम्मेदवारी दिएको छैन ।’

निर्वाचनका क्रममा आचारसंहिताविपरीत समूहगत सूची बाँडिएको र त्यस्ता कार्य नगर्न आग्रह गर्नेहरूप्रति हातपात भएको विषयमा पनि रावलले आपत्ति जनाएका छन् ।

भीम रावलले आफ्नो कति मत आउँछ भन्ने बारेमा अनुसन्धान नगरेको बताएका छन् । मतदान सकिएपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘निर्वाचन आचार संहिताविपरीतका काम भए । यन्त्र उपकरण प्रयोग भएकाले राम्रै होला भन्ने लागेको छ’, रावलले भने, ‘अन्तिम तथ्याङ्क होइन, तर २,०९२ खसेको भन्ने जानकारी पाएको छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७