भारी हिमपातले त्रिभुवन राजपथ अवरुद्ध

दामन क्षेत्रमा एक फिट भन्दा बढी हिउँ


१४ पुष २०७८, बुधबार
thumb 18

मकवानपुर । मकवानपुरको उत्तरीक्षेत्रस्थित सिमभञ्ज्याङ-दामन क्षेत्रमा भारी हिमपात हुँदा त्रिभुवन राजपथ अवरुद्ध बनेको छ ।
मंगलबार रातिदेखि वर्षासँगै हिमपात हुँदा त्रिभुवन राजपथ अवरुद्ध बनेको हो ।

थाहा नगरको सिमभञ्ज्याङ, दामन तथा भीमफेदी गाउँपालिकाको गोलमोड, अघोर तथा झिरघारी क्षेत्रमा हिमपात भएसँगै त्रिभुवन राजपथ भएर चल्ने सवारी चल्न नसकेको थाहा नगरका मेयर लवशेर विष्टले जानकारी दिए ।

दामन क्षेत्रमा-१ फिट भन्दा बढी हिउँ जमेको र हिउँ परिरहेकोले काठमाडौंबाट हेटौंडातर्फ र हेटौंडाबाट काठमाडौंतर्फ जाने विभिन्न सवारीसाधनहरु रोकिएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता इन्स्पेक्टर राजकुमार सापकोटाले बताएका छन् । सवारी बलजफ्ती चलाउँदा दुर्घटना हुने देखिएकोले यातायात सञ्चालनमा रोक लगाएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए ।

‘काठमाडौंबाट आएको सवारी पालुङमै रोकिएको छ । हेटौंडबाट गएका गाडी अघोरमा रोकिएको छ । तत्काल बाटो खुल्ने सम्भावना छैन’, सापकोटाले भने । उनका अनुसार बिहान ६ बजेबाट सवारी रोकिएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७