तालिबान सत्ता कब्जापछि अफगानिस्तानमा बल्ल खुल्यो एटीएम सेवा


३० पुष २०७८, शुक्रबार
atm opened in afghan YVRa4XvSfT

काठमाडौं । तालिबानले सत्ता कब्जामा लिएपछि पहिलो पटक अफगानिस्तानमा शनिबारदेखि एटीएम सेवाहरू सञ्चालन हुन लागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । दा अफगानिस्तान बैंक (डीएबी), अफगानिस्तानको केन्द्रीय बैंकले बिहीबार विज्ञप्तिमार्फत देशका वाणिज्य बैंकहरूद्वारा एटीएम सेवाहरू पुनः सञ्चालन गरिने जनाएको, खामा प्रेसले उल्लेख गरेको छ ।

सहकारीसँगको वार्तापछि यो निणर्य भएको हो । अगस्टमा तालिबानले सत्ता कब्जामा लिएपछि एटीएम सेवाहरू बन्द भएका थिए । ‘दा अफगानिस्तान बैंक बैंकिङ प्रणाली र सेवाहरू सामान्यमा फर्काउन प्रयासरत छ’, विज्ञप्तिमा भनिएको छ, ‘एटीएमहरू पुनः सक्रिय गर्नाले मानिसहरूलाई थप सुविधा दिनेछ ।’

जनताको सुविधाका लागि वाणिज्य बैंकका एटीएम विशेष क्षेत्रमा उपलब्ध हुनेछन् । यद्यपि बैंकले निश्चित रकम झिक्न प्रतिबन्ध कायमै रहेकाले झिक्ने रकमको सीमा भने उल्लेख गरिएको छैन, खामा प्रेसले जनाएको छ । नयाँ नीति अनुसार एक व्यक्तिले हप्तामा २०० अमेरिकी डलर वा २०,००० अफगानी रकम झिक्न सक्ने छन् । रासस/एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७