प्रशान्त महासागरमा ज्वालामुखी विष्फोट, जापानमा सुनामीको खतरा


२ माघ २०७८, आईतवार
japan aadhi NKYQ6wUlPS

काठमाडौं । प्रशान्त महासागरमा भएको ज्वालामुखी विष्फोटको असरले जापानका विभिन्न क्षेत्रमा सुनामीको खतरा बढेको छ । प्रशान्त महासागरमा भएको ज्वालामुखीको कारण जापानको होकाइदोदेखि ओकिनवासम्म सुनामी आउने अनुमानसहितको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यमले प्रशारण गरिरहेका छन् ।

जापानको होकाइदो, आओमोरी, मियागी, फुकुसिमा, इवाराकी, चिबाको कुजुकुरी र उचिबोमा सुनामीको खतरा बढेको हो । त्यसैगरी मेइ प्रिफेक्चरको दक्षिणी क्षेत्र, पूर्वी खागोसिमालगायतका क्षेत्रमा सुनामी आउन सक्ने भन्दै नागरिकहरुलाई सुरक्षित रहन स्थानीय अधिकारीहरुले आग्रह गरेका छन् ।

जापानको आन्तरिक मामिला तथा संचार मन्त्रालयको अग्नि विभागले दिएको जानकारीअनुसार आओमोरी, इवाते, मियागी, चिवा, तोकुसिमा, कोची, मियाजाकी र खागोसिमा प्रिफेक्चर क्षेत्र सबैभन्दा बढी जोखिममा छन् । सुनामीको उच्च जोखिममा रहेका ८ प्रिफेक्चरको ५५ नगरपालिकाहरुबाट हालसम्म १ लाख ८ हजार ६६७ घरधुरीका २ लाख २९ हजार २३९ जनालाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७