चेल्सीले जित्यो क्लब विश्वकप


१ फाल्गुन २०७८, आईतवार
Capture1644716648

काठमाडौं । इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीले शनिबार राति ब्राजिलियन क्लब पालमेइरसलाई २-१ ले हराउँदै फिफा क्लब विश्वकपको उपाधि जितेको छ ।

चेल्सीको जितमा काई हाभार्टजले ११७औं मिनेटमा पेनाल्टीमा गरेको गोल निर्णायक बन्यो । २०२१ मा चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि जिताउने बेला पनि हाभार्टजले निर्णायक गोल गरेका थिए । यससँगै चेल्सीले रोमान अब्रामोभिच आएपछि सम्भावित सबै उपाधि जितेको छ ।

निर्धारित ९० मिनेटको समय १-१ को बराबरीमा सकिएपछि खेल थपिएको समयमा धकेलिएको थियो । आबुधाबी स्थित मोहम्मद बीन जायद रंगशालामा चेल्सीले रोमेलु लुकाकुको गोलबाट ५५औं मिनेटमा अग्रता लिएको थियो । ६४औं मिनेटमा राफायल भेइगाले पेनाल्टीमा बराबरी गोल फर्काएका थिए ।

पालमेइरस रक्षक लुएन गार्सियाले अन्तिम समयमा रातो कार्डको समाना गरेपछि ब्राजिलियन टोलीले दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो । चेल्सीले सेमिफाइनलमा साउदी अरेबियाको अल हिलाललाई १-० ले हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो । पालमेइरसले इजिप्टको अल अहलेलाई २-० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७