गाडीमै केवलको तारले घाँटीमा कसेर साथीको हत्या, ३० किमी टाढाको जङ्गलमा शव फ्याँके


११ फाल्गुन २०७८, बुधबार
death

मोरङ । भारत राजस्थानका ५० वर्षीय राम किसन मिणाको हत्या गरेको अभियोगमा उदयपुर बेलश्रोतका २८ वर्षीय कमल थापा भनिने कमल बिकलाई प्रहरीले पक्राउ गरेको छ ।

बिकले मिणालाई लेनदेनको विषयमा बादबिबाद हुँदा हत्या गरी उदयपुरको श्रृष्टी जंगलमा फालेको प्रहरीले जनाएको छ । मोरङ कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिका बीचको डास खोलामा निर्माणाधीन पुलमा पायलिङ मेशिनको काम गर्दै आएका मिणा गत माघ २६ गतेदेखि सम्पर्कबिहीन भएपछि प्रहरीले खोजी शुरु गरेको थियो । प्रहरीले खोजी गर्ने क्रममा फागुन ७ गते उक्त जंगलमा उनको शव फेला परेको थियो ।

बिआर ०१ बिसि ५६९७ नम्बरको गाडीमा दुवै जना वीरगञ्ज गएका र माघ २५ गते फर्किएर बिकको घर कटारी जाँदै गर्दा बाटोमा लेनदेनसम्बन्धी बिबाद भएको थियो । मादक पदार्थ सेवन गरेका बिकले मिणाको घाँटीमा केबल तारले कसेर हत्या गरेको र शवलाई सोही गाडीको डिकीमा ओढ्नेले छोपेर कटारीबाट ३० किलोमिटर माथि जंगलमा लगि फालिदिएको अनुसन्धानबाट खुल्न आएको छ ।

बिकले मृतकको मोबाइल कोशी नदीमा फाली गाडी भारतीय बजार भिमनगर लगेर वेवारिसे अवस्थामा छोडेर फर्किएको समेत अनुसन्धानबाट खुल्न आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७