साल्पासिलिछो-१ मा कांग्रेसका गणेश बुढाथोकी विजयी


३१ बैशाख २०७९, शनिबार
gabesh bahadur budhathoki

भोजपुर, ३१ बैशाख । साल्पासिलिछो गाउँपालिकाको वडा नं. १ नेपाली कांग्रेसको गणेश बुढाथोकी वडा अध्यक्षमा निर्वाचित भएका छन् । नेकपा एमालेको मिन बहादुर थापालाई १८ मतले हराउँदै विजयी भएका हुन् । उनले ३७८ मत ल्याउँदा एमालेको थापाले ३६० मत ल्याए ।

बुढाथोकी अघिल्लो निर्वाचनमा पनि वडाअध्यक्ष निर्वाचित भएका थिए ।

यसैगरी वडा नं. १को वडा सदस्यमा बहुमत ल्याएको छ । नेकपा एमालेको १ जना बाहेक सबै नेपाली कांग्रेसबाटै निर्वाचित भएका छन् ।

साल्पासिलिछो मतगणना जारी रहँदा वडा नं. १ मतगणना सम्पन्न भएको छ । वडा नम्बर १ मतगणना सम्पन्न हुँदा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका महेश राईले ३१०,स्वतन्त्र गठबन्धनका दौलथ राईले २८३ मत र नेकपा (एमाले)को शान्ति बहादुर अधिकारीले १५० प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा नेकपा (एमाले)को रिता घलेले ३५० मत, नेपाली कांग्रेसका अस्मिता कुलुङ राईले २८१ र नेकपा माओवादी केन्द्रका जलवती राईले ८५ मत प्राप्त गरेका छन् ।

वडा नम्बर १ को अन्तिम मत परिणाम

अध्यक्ष
नेपाली कांग्रेस (महेश राई) : ३१०
स्वतन्त्र (दौलथ राई) : २८३
नेकपा (एमाले) (शान्तिबहादुर अधिकारी) : १५०

उपाध्यक्ष
नेकपा एमाले (रिता घले) : ३५०
नेपाली कांग्रेस(अस्मिता कुलुङ राई) : २८१
नेकपा (माओवादी केन्द्र) (जलवती राई) ८५

वडाध्यक्ष
नेपाली कांग्रेस : ३७८ विजयी
नेकपा एमाले : ३६०
स्वतन्त्र : १७

महिला वडा सदस्य
नेपाली कांग्रेस : ३६१ विजयी
नेकपा (एमाले) : ३५४

दलित महिला वडा सदस्य
नेपाली कांग्रेस : ३५८ विजयी
नेकपा (एमाले): ३५०

खुल्ला वडा सदस्य
नेपाली कांग्रेस
एक रूख : ३२५
दुई रूख : ३७३ विजयी

नेकपा (एमाले)
एक सुर्य : ३४२ विजयी
दुई सुर्य : ३२७

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७