कृष्टिना सुनुवारको उपचारार्थ संकलित ७ लाख बढी रकम परिवारलाई हस्तान्तरण


१६ चैत्र २०७४, शुक्रबार
Khusi Rai

काठमाडौँ, १६ चैत्र । रक्त क्यान्सरबाट मृत्यु भएकी लिखु गाउँपालिका वडा नम्बर ४ का कृष्टिना सुनुवारको परिवारलाई उपचारार्थ संकलित सात लाख ८ हजार २३० रुपैयाँ हस्तान्तरण गरेको हो । Khusi Rai

परिवारको निम्न आर्थिक अवस्थाका कारण क्यान्सरबाट पीडित रहेको बेला उनको उपचारार्थ सङ्कलन गरिएको उक्त रकम परिवारलाई हस्तान्तरण गरिएको खुसी राईले जानकारी दिइन् ।

उनले संकलित रकम कृष्टिनाकी दिदीहरू तास्ना रुपाचा र तृष्णा रुपाचाको नाममा राष्ट्रिय वाणिज्य बैङ्क, खाता नम्बर ११४०००००९३०५ मा रु. तीन लाख ५४ हजार एक सय १५ जम्मा र ११४०००००९४०५ मा पनि रु. तीन लाख ५४ हजार एक सय १५ जम्मा गरिदिएकी हुन् ।

‘स्व. कृष्टिना सुनुवार हामीमाझ रहनु भएन, ४ वर्षीय कृष्टिनाको उपचारको क्रममा १८ फागुनमा निधन भइसकेको जानकारी गराउनु पर्दा मलाई अत्यन्त दुःख लागेको छ ।’ उनले भनिन्,‘कृष्टिनाको उपचारका लागि सहयोग रकम सङ्कलन गरेको थियौ, सो रकम कृष्टिनाकी दिदीहरू तास्ना रुपाचा र तृष्णा रुपाचाको नाममा राष्ट्रिय वाणिज्य बैङ्क, खाता नम्बर ११४०००००९३०५ मा तीन लाख ५४ हजार एक सय १५  र ११४०००००९४०५ मा पनि  तीन लाख ५४ हजार एक सय १५ रूपैयाँ जम्मा गरिदिएको जानकारी गराउन चाहन्छु ।’

उनले उक्त रकम चित्रा नेम्बाङ युके, देव भट्टराई दृुबईबाट   तीन लाख २७ हजार ३१०, यशोदा राई अमेरिका   ६३ हजार ७२१, शान्ति गुरुङ सिंगापुर रु. २९ हजार ६५२, सन्चमान राई भुटनीज समाज पेन्सिल्वेनिया अमेरिका रु. दुई लाख दुई हजार ६८०, युएस गुरुङ अमेरिका  ३२ हजार २४४ र नेपाल, कतार, बहराई लगायतका देशबाट उठेको  ५२ हजार ७२३ रूपैयाँ सङ्कलन भएको बताइन् ।

यस्तै केहीअघि गोरखा भूतपूर्व सैनिक सघं(गेसो)ले पनि सुनुवारको मृत्युपछि उपचारार्थ संकलित १ लाख २३ हजार रुपैयाँ परिवारलाई हस्तान्तरण गरेको थियो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७