यस्तो छ वामदेवले घोषणा गर्ने नयाँ दलको नाम


१४ असार २०७९, मंगलवार
bamdev gautam2
फाइल फोटो

काठमाडौं । नेकपा (एकता राष्ट्रिय अभियान) का संयोजक वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । आज दिउँसो २ः४५ बजे काठमाडौंको रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी पार्टी घोषणा गर्न लागेका हुन् ।

घोषणा हुन लागेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) हुने बताइएको छ । नेकपा विभाजन हुनअघि नै एकता अभियान चलाएका गौतमले त्यसलाई पार्टीको रूप दिन लागेका हुन् । उनी नेकपा (एमाले) का पूर्व उपाध्यक्ष समेत हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७