मिलनले जितिन् पाँचौं मिस मगर नेपालको ताज


७ श्रावण २०७९, शनिबार
Miss Magar 2022

पोखरा । पाँचौं मिस मगर नेपाल २०२२ को ताज मिलन थापामगरले जितेकी छन् । शुक्रबार राति पोखरामा सम्पन्न ग्राण्ड फिनालेमा ११ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ताज जितेकी हुन् । उनले टाइटलसंगै ७० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन् ।

एसटी क्रियशन म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगितामा फष्ट रनरअफ भावना खपांगीमगले जितिन् । उनले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन् ।

यस्तै, सेकेन्ड रनरअप दुर्गा रानामगर बन्न सफल भइन् । उनले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन् । यसैगरी थर्ड रनरअप बन्न सफल मीना गर्बुजा मगरले १० हजार रुपैयाँ नगद पुरस्कार जितिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७