‘माइतीघर’ का नायक सिपी लोहनीको निधन


१७ बैशाख २०८१, सोमबार
cp lohani

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’ का नायक सिपी लोहनीको सोमबार निधन भएको छ । लोहनीको आज मध्यान्ह १.३० बजे मृत्यु भएको हो ।

विगत ६–७ वर्ष यता लोहनी पार्किन्सन तथा अल्जाइमर रोगबाट पीडित लोहनी केही दिन अगाडि अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना भएका थिए । उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी अभिनेता कृष्ण मल्लले जनाएका छन् । उनको पार्थिक शरिरलाई आज ३.३० बजे आर्यघाट पु¥याइने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७