सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनायो कार्यदल : कार्यदलमा को-को छन् ? (सूचीसहित)


२० श्रावण २०७९, शुक्रबार
Gathbandhan Top five leader of nepal

काठमाडौं : सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न ११ सदस्यीय समिति बनाएको छ। कार्यदलमा नेपाली कांग्रेसबाट तीनजना र अन्य दलबाट दुई–दुई जना सदस्य राखिएका छन् ।

सत्तारुढ पाँच दलीय गठबन्धनको प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले ४ मंसिरको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्न सहमत गर्दै कार्यदल बनाएको हो ।

कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन छन् ।

यस्तै, नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

satta gathabandhan sahamati

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७