साढे १७ अंकले घट्यो नेप्से


२३ श्रावण २०७९, सोमबार
share market

काठमाडौं । शेयर बजारमा आज (सोमबार) दोहोरो अंकको सुधार आएको छ । कारोबारको दोस्रो दिन सोमबार नेप्से १७.६७ अंकले घटेर २१०६.१६ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स ३.४१ अंकले घटेर ४०६.१४ विन्दुमा पुगेको छ ।

बजारमा दोहोरो अंकको करेक्सन आए पनि आइतबारको तुलनामा भने कारोबार रकम भने बढेको छ । आज दिन २१४ कम्पनीको ६५ लाख २७ हजार ४१४ कित्ता शेयर २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ रुपैयाँमा कारोबार भयो । आइतबार २ अर्ब ६७ करोड बराबरको सेयर कारोबार भएको थियो ।

आज दुई कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । गुराँस लघुवित्त वित्तीय संस्था र हिमालयन हाइड्रो पावरको शेयर मूल्य १० प्रतिशतले बढेको हो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्षस्थानमा रह्यो । सो कम्पनीको २० करोड ७१ लाख बराबरको शेयर कारोबार भयो । यस्तै एनआईबीएल १० करोड ८५ लाख बढिको सेयर कारोबार गरी दोस्रो स्थानमा रहयो ।

आज कारोबारमा आएका १३ समूहमध्ये ११ को घट्यो भने २ को बढ्यो । अदर्श समूहको सूचक सर्वाधिक २.४२ प्रतिशतले घट्दा होटल एन्ड टुरिजम, डेभलपमेन्ट बैंक, हाइड्रो पावर, फाइनान्स, लाइफ इन्स्योरेन्स र इन्भेस्टमेन्ट समूहको सूचक १ प्रतिशत बढिले घट्यो । दोहोर अंकले ओरालो लागेको शेयर बजारमा मनु एन्ड एन्ड प्रो र म्युचुअल फन्डको सूचक क्रमश ०.१ र ०.२७ प्रतिशतले बढ्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७