न्यायाधीशबाट साहलाई बर्खास्त गर्ने निर्णयको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश


२३ श्रावण २०७९, सोमबार
renuka shah

काठमाडौँ । सर्वोच्च अदालतले उच्च अदालतकी न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्ने निर्णयको सक्कल फाइल झिकाउन आदेश दिएको छ ।

उच्च अदालतको न्यायाधीशबाट बर्खास्तमा परेपछि कानूनी उपचारका लागि साहले सर्वोच्चमा रिट दिएकी थिइन् । त्यसमाथि आज (सोमबार) सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलसको फाइल झिकाउने आदेश दिएको हो । सर्वोच्चले शाहलाई नियुक्ति गर्दा र हटाउँदाको सम्बन्धमा भएका निणर्यसम्बन्धी सक्कल फाइल तथा शाहको व्यक्तिगत फाइल झिकाएको हो ।

आदेशमा भनिएको छ, ‘निवेदिका रेणुका साहलाई उच्च अदालतको न्यायाधीश पदमा नियुक्तिको लागि मिति २०७५/१२/१९ मा रि निजलाई सो पदबाट हटाउने सम्बन्धमा मिति २०७९/३/२४ मा न्यायपरिषद्बाट गरिएको सिफारिस निणर्यसम्बन्धी सक्कल फायल तथा निजको व्यक्तिगत फायल न्यायपरिषद् सचिवालयबाट पेशीका दिन इजलास समक्ष देखाई फिर्ता लैजाने गरी झिकाउने ।’

पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी रेणु १९ चैत ०७५ मा उच्च अदालतमा न्यायाधीश नियुक्त भएकी थिइन् । योग्यता नै नपुगी नियुक्ति लिएको ठहर गर्दै परिषद्ले गत २४ असारमा उनलाई पदबाट हटाउन सिफारिस गरेको थियो ।

सो निणर्यविरुद्ध अदालत गएकी साहले आफूलाई गलत ढंगले र गैरकानूनी रूपमा पदबाट बर्खास्त गरिएको दावी गरेकी छिन् । सिटिइभिटीमा २० वर्ष कार्यरत रहँदा कानून र न्यायसँग सम्बन्धित काम नगरेको तथा त्यो अवधिमा वकालत गरेका कुनै प्रमाण पनि पेश गर्न नसकेकाले आफ्नो अयोग्यता लुकाएको ठहर गर्दै न्यायपरिषद्ले बर्खास्त गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७