राप्रपा नेपालले पाँच हजार सहयोगीबाट पाँच करोड संकलन गर्ने


१८ भाद्र २०७९, शनिबार
Kamal Thapa

काठमाडौं । राप्रपा नेपालले आसन्न निर्वाचनका लागि पार्टीको आर्थिक पक्ष बलियो बनाउन सहयोगीहरूबाट आर्थिक संकलन गर्ने भएको छ ।

अध्यक्ष कमल थापाको उपस्थितिमा शुक्रबार काठमाडौंमा बसेको राप्रपा नेपालको स्रोत परिचालन समितिको बैठकले देशभरका ५ हजार सहयोगीबाट १०/१० हजार रुपैयाँ संकलन गर्ने निणर्य गरेको हो । अर्थ संकलनका निमित्त १००००×५००० अभियान कार्यान्वयन गर्ने निणर्य गरिएको स्रोत परिचालन समितीका प्रमुख एवं पार्टीका सहमहामन्त्री दमन बस्नेतले जानकारी दिए ।

यसैगरी पार्टीका केन्द्रीय सदस्य तथा पदाधिकारीबाट सहयोग लिने तथा स्वेच्छाले सक्दो सहयोग गर्न कार्यकर्ता, सहयोगी, शुभचिन्तक र आमजनतालाई आह्वान गर्ने निणर्य बैठकले गरेको छ । सहयोग संकलनका लागि राप्रपा नेपालले ई-सेवा, फोनपे र बैंक ट्रान्सफरजस्ता माध्यमबाट पार्टीको राष्ट्रिय वाणिज्य बैंकको खातामा सहयोग रकम जम्मा गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७