मान्छेलाई लात्ताले हान्ने, ढुंगालाई पूजा गर्दै हिँड्ने संस्कार छ : प्रचण्ड


१ आश्विन २०७९, शनिबार
prachanda 2 1
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विज्ञान प्रविधिलाई राम्रोसँग आत्मसात गर्न सकेका राष्ट्र विकसित भएको बताएका छन् । आज (शनिबार) पेरिसडाँडामा पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले विज्ञान प्रविधिलाई आत्मसाथ नगर्ने राष्ट्रको विकास हुन नसक्ने बताएका हुन् ।

prachanda 8

उनले विज्ञान प्रविधिले समाजवादतिर लैजाने उनको भनाई छ । मानव जातिको उन्मुक्तिको महाअभियान विज्ञानबाटै भएको बताए । धर्मको विरोध गर्‍यो नभन्नू चुनाव आउँदैछ भन्दै प्रचण्डले भने, ‘हामी कहाँ ३३ कोटी देवता हुन्छन्, मान्छेलाई लात्ताले हान्दै हिड्ने, ढुंगालाई पूजा गरेर हिँड्ने छ संस्कार छ । मैले अपमान नगरी भनेको मान्छेलाई, गरिबलाई पूजा गर्दै हिँडे कति राम्रो हुन्थ्यो । उनीहरुलाई राहत दिने कुरा गरे कति राम्रो हुन्थ्यो, हाम्रो समाजमा राम्रो डिभेट गर्नुपर्ने विषय छ ।’

उनले दक्षिण एसियामा धर्मशास्त्रले सन्तोष लिन सिकाउने र भौतिकवादी विज्ञानले असन्तुष्ट हुनु भएको यो किन कसरी भयो भनेर खोजी हुने बताए ।

उनले कृषि क्रान्ति, विज्ञान प्रविधिको विकास बिन सम्भव नभएको उल्लेख गरे। उनले जापान भ्रमणमा गएको बेला पनि प्रविधिको क्षेत्रमाअवलोकन गरेको स्मरण गरे । उनले निर्वाचनमा समेत प्रविधिको प्रयोग गरेर जनतामा चेतना दिनुपर्ने धारणा राखे ।

प्रचण्डले आफ्नो पार्टीबाट समानुपातिकका उम्मेदवारहरूको सूची लगभग तयारी अवस्थामा रहेको जानकारी दिए । उनले भने, ‘हामी समानुपातिकका उम्मेदवारहरूको सूचीलाई अन्तिम रूप दिने प्रक्रियामा छौ ं। त्यसले गर्दा मेरो त्यतातिर नै व्यस्तता छ ।’ कार्यक्रममा प्रचण्डले मोबाइल एपसमेत उद्घाटन गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७