एमालेले बोलायो सचिवालय बैठक


१२ आश्विन २०७९, बुधबार
amale meeting

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आह्वान गरिएको छ । बैठक बिहीबारका लागि बोलाइएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार बैठक दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्नेछ । बैठकको एजेन्डाबारे जानकारी गराइएको छैन । तर, यही असोज २३ गते प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उमेदवारी दर्ता गर्नुपर्ने भएकाले सोही विषयमा छलफल हुने नेताहरू बताउँछन् ।

उम्मेदवार छान्नका लागि यसअघि बसेको केन्द्रीय कमिटी बैठकले सचिवालयलाई जिम्मा दिइसकेको छ । एमालेमा प्रत्यक्षतर्फका उम्मेदवारका लागि तल्ला कमिटीले सिफारिस गरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७