पहिरोले पाल्पा–गुल्मी सडक अवरुद्ध


२० आश्विन २०७९, बिहीबार
pahiro
सांकेतिक तस्वीर

पाल्पा । लगातारको वर्षाका कारण पहिरो खस्दा पाल्पा–गुल्मी सडक बिहीबार बिहानैदेखि अवरुद्ध भएको छ । पाल्पा–गुल्मी सडकअन्तर्गत रिब्दीकोट गाउँपालिका–२, खस्यौलीको जोर्ते क्षेत्रमा ठूलो पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रेम कार्कीले जानकारी दिएका छन् ।

जोर्ते बजार नजिकैको सडक चौडा गरेको स्थानमा डाँडै खसेको भन्ने जानकारी आएको उनले बताए । सडक डिभिजनको डोजर तानसेन–रिडी सडककै सम्मोबारीमा रहेको छ । सडक डिभिजनसँग समन्वय गरेर डोजर पठाउन लागिएको उनले बताए ।

‘पहिरोको अवस्था हेरेर सडक खुल्न कम्तीमा दुई घण्टा लाग्न सक्छ,’ उनले भने । पहिरोको अवस्था बुझ्न हार्थोक र अर्गली प्रहरी चौकीमा खबर भइसकेको उनले बताए । सडक अवरुद्ध हुँदा बुटवलततर्फबाट गुल्मी, बाग्लुङ, अर्घाखाँची जाने सवारी साधन र त्यसतर्फबाट बुटवल, पाल्पा आउने सवारी साधन र यात्रु बाटोमै रोकिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७