चुनाव सकिए लगत्तै सरकार र विप्लव माओवादीबीच वार्ता

विगतका सहमति कार्यान्वयनका विषयमा समीक्षा


१५ मंसिर २०७९, बिहीबार
balkrishna khan prakanda EEZA2v8gMu

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच वार्ता भएको छ । विगतमा दुई पक्षबीच भएको सहमति कार्यान्वयन गर्ने विषयमा वार्ता भएको हो । गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा आज (बिहीबार) वार्ता भएको हो । नेकपाबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले टोलीको नेतृत्व गरेका थिए ।

वार्तामा नेकपासँग सम्बन्धित मुद्दा चाडो टुंग्याउन अहिलेसम्म भएका प्रगतिबारे कुराकानी भएको गृह मन्त्रालयले जनाएको छ । नेकपासँगका मुद्दा टुंग्याउन गत भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले गृह प्रशासनमै रहेका मुद्दा प्रशासनिक प्रक्रिया र राजनीतिक तवरबाट टुंग्याउने र अदालती प्रक्रियामा पुगेका मुद्दालाई टुंग्याउन वर्तमान कानुनले अफठ्यारो पर्ने भएमा संशोधन गरेर भए पनि टुंग्याउने निर्णय गरेको थियो ।

biplab balkrishna khan UYvz72anMH

प्रवक्ता प्रकाण्डले आफ्नो पार्टीसँग भएको सम्झौता कार्यान्वयको विषयमा जिज्ञासा राखेका थिए । जवाफमा गृहमन्त्री खाँणले सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए । ‘सरकारको निर्णय कार्यान्वयन गर्न प्रतिबद्ध छौं । केही प्रशासनिक तवरबाट हुने निर्णय भइसकेका छन् । अदालती प्रक्रियामा गएका मुद्दाहरूबारे पनि प्रक्रिया अगाडि बढिसकेको छ । निर्णयअनुसार कार्यान्वयन हुन्छ,’ उनले भने ।

भेटवार्तामा निवर्तमान कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा, महान्यायाधीवक्ता खम्मबहादुर खाती, गृहसचिव विनोदप्रकाश सिंह समेत सहभागी भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७