रविको नागरिकता विवाद : छानबिन गर्न प्रहरीलाई जिल्ला प्रशासनको पत्र


१६ मंसिर २०७९, शुक्रबार
rabi lamichhane

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतामाथि छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई पत्राचार गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जिल्ला प्रहरी परिसर काठमाडौंलाई छानबिनका लागि पत्राचार गरेका हुन् ।

प्रहरी परिसर काठमाडौं स्रोतले रविको नागरिकताबारे छानबिनका लागि पत्र आएको पुष्टि गरे पनि थप केही बताउन चाहेनन् । अधिकारीहरूले यसबारे औपचारिक रुपमा बोल्न मानेनन् । गृह मन्त्रालयमा रविको नागरिकतामाथि छानबिनका लागि भन्दै उजुरी परेपछि मन्त्रालयको आदेशमा प्रमुख जिल्ला अधिकारीले मातहतका निकायमा पत्राचार गरेको बताइएको छ ।

अमेरिकी राहदानी (पासपोर्ट) त्यागेपछि रविले नेपाली नागरिक लिने प्रक्रियामा त्रुटी रहेको भन्दै उजुरी परेको थियो । चितवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा पनि उनको नागरिकतामाथि प्रश्न उठाउँदै उजुरी परेको थियो । रवि यतिबेला चितवन २ बाट प्रतिनिधिसभामा निर्वाचित भइसकेका छन् भने उनले आफ्नो नागरिकताको विषय यसअघि नै समाधान भइसकेको दाबी गर्दै आएका छन् ।

रविले यसअघि नागरिकता प्रकरणमा प्रश्न उठ्दा हुँदै नभएको कुरामा आफूलाई खेद्ने काम भएको गुनासो गरेका थिए । आफूले प्रक्रिया पूरा गरेर निर्वाचनमा उम्मेदवारी दिएको बताएका उनले अमेरिकी नागरिकता पूरै त्यागेको र नेपालको नयाँ नागरिकता लिए नलिएको केही खुलाएका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७