क्रिकेट खेलाडीको नयाँ ‘ग्रेडिङ’, पूर्व कप्तान ज्ञानेन्द्र ‘बी’ ग्रेडमा


१८ माघ २०७९, बुधबार
Cricket CAN1675178175

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका १८ खेलाडीलाई आफ्नो केन्द्रीय करारमा राखेको छ ।
मंगलबार र बुधबार पोखरामा भएको क्यानको बोर्ड बैठकबाट पुरुष टिमका १८ र महिला टिमका १२ खेलाडीलाई केन्द्रीय करारमा राख्ने निर्णय गरिएको छ ।

पुरुष टिमका १८ मध्ये रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी र आसिफ शेख गरी पाँच खेलाडीलाई ‘ए’ ग्रेडमा राखिएको छ । पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई ‘बी’ ग्रेडमा राखिएको छ ।

क्यानले ‘बी’ ग्रेडमा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल गरी तीन खेलाडीलाई राखेको छ । ग्रेड ‘सी’ मा कमलसिंह ऐरी, विनोद भण्डारी, गुल्सन झा, अर्जुन साउद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव गरी १० खेलाडीलाई राखिएको छ ।

महिलातर्फ क्यानले ग्रेड ‘ए’ मा रुविना क्षेत्री, सीता रानामगर, इन्दु वर्मा गरी तीन खेलाडीलाई राखेको छ । ग्रेड ‘बी’ मा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्यलाई राखिएको छ । ग्रेड ‘सी’ मा कविता जोशी, विन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगमलाई राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७