सरकारले रङ्गमञ्चलाई वास्ता गरेन : अभिनेता खनाल


१३ चैत्र २०७९, सोमबार
Saroj Khanal

काठमाडौँ । आज ६२ औं रङ्गमञ्च दिवस मनाइएको छ । आज (सोमबार) काठमाडौंमा विभिन्न सांकेतिक कार्यक्रमहरु गरी रङ्गमञ्च दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्दै अभिनेता सरोज खनालले रङ्गमञ्च दिवस मनाएको ६२ औं वर्ष भए पनि अझै रङ्गकर्मीहरुले त्रिपालमुनि बसेर कार्यक्रम गर्नु दुःखद रहेको बताएका छन् । उनले अझैसम्म पनि रङ्गकर्मीहरुले श्रमिकको दर्जा दिइयोस् भनेर राज्यसँग आवाज उठाउनु दुःखद् रहेको गुनासो गरे । अभिनेता खनालले सरकारले रङ्गकर्मीहरुलाई बेवास्ता गरेको आरोप लगाए ।

उनले भने, ‘हामी ६२ औं रंगमञ्च दिवस मनाइरहेका रहेछौँ तर पनि हाम्रो स्थिति त्रिपालमुनी नै रहेछ, दयनीय नै रहेछ, श्रमिकको दर्जा दिइयोस् भन्ने आवाज ६२ वर्षपछि पनि उठाउनु पर्ने अवस्था रहेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७