यौन सम्पर्कको घटना लुकाउन प्रेमीसँग मिलेर भदैनीको हत्या


२१ असार २०७५, बिहीबार
hatya 1 2

काभ्रे, २१ असार । काभ्रेकी एक महिलाले यौन सम्पर्कको घटना लुकाउन प्रेमीसँग मिलेर आफ्नै भदैनीको हत्या गरेकी छन् । तेमाल गाउँपालिका–१, आधा बाटोकी एलिसा तामाङको बुधबार राति आफ्नै फुपूले प्रेमीको सहयोगमा हत्या गरेकी हुन् ।hatya 1 2

घर नजिकैको बारीको कान्लामा घाँटी थिचेर हत्या गरेको अवस्थामा एलिसाको शव फेला परेको काभ्रे प्रहरीले जानकारी दिएको छ । ज्यामी काम गर्दै आएका २३ वर्षीय जोखन मन्सुर र एलिसाकी फुपू २१ वर्षीया मिना तामाङलाई एलिसाले बाख्राको खोरमा यौन सम्पर्क गरिरहेको अवस्थामा देखेको थिइन्् । पोल खुल्ने डरले लगत्तै दुई जना मिलेर बालिकाको हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

काभ्रेका डिएसपी महेन्द्रप्रसाद मरासिनीले घटना सार्वजनिक हुने डरले फुपू र मन्सुर मिलेर बालिकाको हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको बताए । मन्सुर हत्या गरिएकी बालिकाको घरमा केही समयदेखि बस्दै आएका थिए । प्रहरीले हत्यामा संलग्न दुवैलाई पक्रेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७