विमस्टेक सैन्य अभ्यासमा नेपाल सहभागी नहुने, चीनसँग छुटै अभ्यास


२४ भाद्र २०७५, आईतवार
Nepali Sena Dang e1471528542551

काठमाडौं, २४ भदौ । निकै तातो वहस उठाएको विमस्टेक सैन्य अभ्यासमा नेपाल सहभागी नहुने भएको छ ।

Nepali Sena Dang e1471528542551

यसैबीच नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच असोज १ गतेदेखि सैन्य अभ्यास हुने भएको छ ।
प्रवक्ता भण्डारीका अनुसार ‘सगरमाथा फ्रेन्डसिप’ को दोस्रो संस्करणको अभ्यास दक्षिण पश्चिमी चीनको सिचुवान प्रान्तको राजधानी छेङ्दुमा हुन लागेको हो ।

नेपाल र चीनको संयुक्त सैन्य अभ्यास १२ दिनसम्म चल्नेछ । भारतको पूर्णेमा सोमबारबाट शुरु हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रको संयुक्त सैन्य अभ्यासमा नेपाली सेना सहभागी नहुने भएको हो ।

यसअघि पाँच जना अधिकृतसहित ३० जनाको टोली पूर्णे जाने तय भएको थियो । ‘हामीले पहिला रक्षा मन्त्रालयबाट स्वीकृति लिएरै जान लागेका थियौं । अहिलेसम्म नजानु भन्ने औपचारिक पत्र त आइसकेको छैन,’ सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले भने, ‘तर अहिलेसम्म टोली उता गएको छैन ।’

काठमाडौंमा भदौ १४ र १५ गते भएको बिमस्टेकको चौथो शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेक राष्ट्रका सैनिकको संयुक्त अभ्यास हुन लागेको जानकारी दिएका थिए । यसबारे संसदमा प्रश्न उठेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यो सैन्य अभ्यास नभई तालिम भएको बताएका थिए ।

‘नेपाल मिलिटरी प्याक्टभित्र पस्दैन’, ओलीले भने, ‘विश्वास पनि गर्दैन ।’ उनले संयुक्त सैन्य अभ्यासबारे बिमस्टेकको काठमाडौं घोषणापत्रबारे उल्लेख नभएको बताएका छन् । बिमस्टेकको सैन्य अभ्यासमा सहभागी हुने निर्णय अपरिपक्व भएको भन्दै आलोचना भएपछि अन्तिम समयमा सरकारले सहभागी नहुन निर्देशन दिएको हो ।

‘प्रतिआतंकवाद र विपद् व्यवस्थापनमा अभ्यास केन्द्रीत हुनेछ,’ प्रवक्ता भण्डारीले भनेका छन् । नेपाल र चीनबीच २०७४ वैशाखमा पहिलो पटक संयुक्त सैन्य अभ्यास भएको थियो । भारतीय सेनासँग हुने ‘सूर्यकिरण’ सैन्य अभ्यासको तेह्रौं संस्करण गत जेठमा भारतको पिथौरागढमा भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७