मेगा बैंकको शेयर होल्डर बन्ने हो ? ३३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं, २४ भदौं । के तपाई मेगा बैंकको शेयर होल्डर बन्ने सोंचमा हुनुहुन्छ ? यदि त्यसो हो भने तपाई यो बैंकको संस्थापक शेयर होल्डर नै बन्ने मौका जुरेको छ ।
मेगा बैंकको संस्थापक शेयर बिक्री गर्दैछ । बैंकका ६ जना संस्थापकले ३२ हजार ९६६ कित्ता शेयर बिक्री गर्न लागेका हुन् ।
६ जना संस्थापकले शेयर बिक्री गर्न निवेदन दिएपछि बिक्रीको प्रक्रिया अघि बढाएको बैंकले जनाएको छ । बैंकका संस्थापक शेयरधनीले खरिद नगरे मात्र बाहिरका लागि बिक्री गरिने बैंकले जनाएको छ ।