१८८ यात्रु बोकेको लायन एयरको बोइङ समुन्द्रमा खस्यो, आफन्तजनको रुवाबासी


१२ कार्तिक २०७५, सोमबार
jahaj

काठमाडौंं, १२ कात्तिक । एक सय ८८ जना यात्रु बोकेर उडेको लायन एयरको बोइङ समुद्रमा खसेको छ । इन्डोनेसियाको राजधानी जाकार्ताबाट उडे लगत्तै वेपत्ता भएको जहाज दुर्घटनामा परेको हो ।

jahaj

जहाजका अवशेष र तेल समुद्रको पानीमा तैरिएका फोटोहरु सार्वजनिक भएका छन् । सम्पूर्ण यात्रुहरुको अवस्था अज्ञात छ । तर, यात्रुका आफन्तजनहरुमा भने रुवावासी शुरु भइसकेको छ ।

जहाजमा १७८ जना वयस्क, एक बालक, दुई नवजात शिशु, दुई पाइलट र पाँच जना चालक दलका सदस्यहरु रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । इन्डोनेसियाको अर्थ मन्त्रालयका २० जना कर्मचारी विमानमा थिए ।

104069944 104070243 mediaitem104070241 1
उड्नुअघि विमान । तस्विर : एपी

लायन एयरर्सको जेटी–६१० बिमान पाङकल पिनाङका लागि उडेको थियो । टेक अफ गरेको १३ मिनेटपछि सो जहाज एयर कन्ट्रोलको सम्पर्कबाट बाहिर गएको थियो । दुर्घटना हुनुअघि पाइलटले जहाजलाई बिमानस्थलमा फर्काउने प्रयास गरेको देखिएको जनाइएको छ ।

104069950 104070246 mediaitem104070245
विमान दुर्घटनामा परेको खबरपछि रुवाबासी गर्दै आफन्तजन । तस्विर : रोयटर्स

‘कोही जिवित छन् कि छैनन् भन्ने हामीले पत्ता लगाउन सकेका छैनौं,’ बिमान कम्पनीले पत्रकार सम्मेलन आयोजना गरेर भनेको छ, ‘प्रार्थना र आशा भने हामीले गरिरहेका छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७