सन्नी लियोनी नेपाली चलचित्र ‘पासवर्ड’ मा अभिनय गर्दै, लेखिन् यस्तो
काठमाडौं, १६ कात्तिक । पूर्व पोर्न स्टार एवम् बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाली सिनेमा ‘पासवर्ड’ मा अभिनय गर्ने भएकी छन् ।
उक्त चलचित्रमा उनले एक आइटम गीतमा डान्स गर्ने भएकी छन् । उनले उक्त कुरा आफ्नो ट्वीटर अकाउन्टमार्फत जानकारी गराएकी छन् । उनले ट्वीट गर्दै लेखेकी छन्, ‘नेपाली सिनेमा ‘पासवर्ड’ को एक गीतमा अभिनयको मौका पाएको मा म अन्यन्तै खुशी छु ।’
उनले लेखेकी छन्, ‘जुन एबी इन्टरनेशनल र अड्बल पिक्सचर्सद्वारा उत्पादित छ ।’ विक्रम जोशीको शब्द, अर्जुन पोखरेलको संगीत तथा दुर्गा खरेल र एक र्यापरको आवाजमा उक्त गीत तयार हुनेछ ।
जुन गीतमा सन्नी लियोनीसहित नेपाली कलाकारहरुले नृत्य गर्नेछन् । करीब ९८ प्रतिशत छायांकन लण्डनमा गरिने भनिएको सिनेमा पासवर्डमा सन्नी आइटम डान्सरका रुपमा पर्दामा देखिने छिन् । सिनेमामा अनुपविक्रम शाही, रवीन्द्र झा, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्की जोशीलगायतको अभिनय रहने छ ।