उपराष्ट्रपतिसँग साउदी राजदूतको भेट


२२ माघ २०७५, मंगलवार
Vice president pun masud min suleman

काठमाडौं, २२ माघ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि साउदी अरबियाका नवनियुक्त राजदूत मुसद बिन सुलेमान अल मारवानीले शिष्टाचार भेट गरेका छन् ।

Vice president pun masud min suleman

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग शिष्टाचार भेटको क्रममा नेपालका लागि साउदी अरबियाका नवनियुक्त राजदूत मुसद बिन सुलेमान अल मारवानी । तस्वीर : उपराष्ट्रपतिको नीजि सचिवालय


मंगलबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर राजदूत मारवानीले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेको हो ।

भेटमा उपराष्ट्रपतिले नेपाल र साउदी अरबियाबीच औपचारिक सम्बन्ध स्थापना भएको ४२ वर्ष पुगेको र हाल जनस्तरसम्म विस्तार भईरहेको बताए । उनले विभिन्न माध्यामबाट दुईदेशबीचको सम्बन्धलाई अझै प्रगाढ र जनस्तरसम्म विस्तार गर्नुपर्ने बताए ।

उपराष्ट्रपतिले नेपाल विकास र समृद्धिको मार्गमा अगाडि बढेको बताउँदै साउदी अरबियालाई नेपालमा लगानी गर्न आग्रह गरे । ‘नेपाल विकास र समृद्धितिर अगाडि बढिरहेको छ । यसका लागि हामी लगानी खोजिरहेका छौँ’, उपराष्ट्रपतिले भने, ‘साउदी अरबसँग स्रोत छ, हामीसँग लगानीको प्रशस्त क्षेत्र छ । कृषि, पर्यटन, जलविद्युत र भौतिक पूर्वाधारको क्षेत्रमा लगानी गर्नुहोस् ।’

नेपालले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउन लागेको जानकारी गराउँनुहुँदै उपराष्ट्रपतिले साउदीबाट अधिकतम पर्यटक आउने अपेक्षा राखे । ‘भ्रमण वर्षमा साउदीबाट धेरै पर्यटक आउनेमा हामी विश्वस्त छौँ’, उनले भने, ‘साउदी सरकारले त्यहाँका नागरिकलाई यसबारेमा प्रचार प्रसार र प्रोत्सान गर्नेमा पनि विश्वस्त छौँ ।’ उहाँले आगामी मार्चमा नेपालले आयोजना गर्ने लगानी सम्मेलनमा साउदीका लगानीकर्ताहरु उल्लेख्य मात्रामा उस्थित हुने विश्वास व्यक्त गरे ।

उपराष्ट्रपतिले भेटमा भैरहवामा अन्तर्राष्ट्रिय र पोखरामा क्षेत्रीय विमानस्थल निर्माणाधीन अवस्थामा रहेको बताउँदै ती विमानस्थल निर्माणपछि नेपालमा साउदी अरबले प्रत्यक्ष उडान गर्ने विश्वास व्यक्त गरे ।

उपराष्ट्रपतिसँगको भेटमा नेपालका लागि साउदी राजदूत मारवानीले साउदी र नेपालको सम्बन्ध प्रगाढ बन्दै गईरहेको बताए । उनले दुई देशबीच उच्चस्तरीय भ्रमणको आवश्यक रहेको उल्लेख गरे । ‘सम्बन्धलाई अझै प्रगाढ र सहकार्यलाई फराकिलो बनाउनु पर्दछ, यसका लागि द्वीपक्षीय उच्चस्तरीय भ्रमण हुनुपर्दछ,’ उनले भने, ‘नेपालको विकास र समृद्धिको यात्रामा सहयोग गर्न साउदी अरबिया सदैव तयार छ ।’

उनले नेपालमा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलहरु निर्माण सम्पन्न भएमा साउदीबाट प्रत्यक्ष उडान गर्न सकिने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७