अब २४ हजारमै बुद्ध एयरबाट काठमाडौं-कोलकता आउजाउ, यी दिन हुन्छ उडान


१ फाल्गुन २०७५, बुधबार
buddha airline

काठमाडौं, १ फागुन । बुद्ध एयरले भारतको उडानमा नयाँ स्किम अगाडि ल्याएको छ । बुद्ध एयरले अन्तर्राष्ट्रियतर्फको दोस्रो उडान भारतको कोलकाताबाट शुरु गर्न लागेको जानकारी दिएको छ ।

buddha airline

पश्चिम बंगालको राजधानी कोलकाता उडानका लागि बुद्ध एयरले त्यहाँ आफ्नो अधिकारिक कार्यालय पनि खोलिसकेको जनाएको छ । बुद्ध एयरले आउँदो नव बर्ष २०७६ को आगमनसँगै वैसाख २ बाट कोलकाता उडान भर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । कोलकाता–काठमाडाैंको सिधा हवाई सेवा सञ्चालन गर्ने बुद्ध एयर एक मात्र नेपाली विमानसेवा कम्पनी हो ।

शुरुमा हप्ताको तीन दिन सोमवार, बुधवार र शुक्रवार उडान सञ्चालन गर्नेछ । काठमाडौंबाट बिहान ८ बजे र कोलकाताबाट स्थानीय समय १०ः३० बजे उडान हुनेछ । कोलकाता उडान एटीआर ७२ बाट गर्नेछ । यात्रुको समय र पैसाको वचत गर्ने भन्दै बुद्ध एयरले नेपालबाट भारतका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलहरु भ्रमणको लागि आउट बाउण्ड तथा भारतबाट नेपालका विभिन्न स्थानहरुको भ्रमणको लागि इनबाउण्ड होलिडे प्याकेजहरु पनि सञ्चालन गरेको छ ।

कोलकाता उडानसँगै जग्गन्नाथपुरी दर्शन, सुन्दरवन, गंगासागरलगायतका भ्रमण प्याकेज सञ्चालनमा आउने छन् । यी प्याकेजहरु बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले गर्नेछन् । व्यापार, कामकाज वा पारिवारिक भ्रमण जेसुकै भए पनि कोलकाता उडानमार्फत् भारतको पर्यटन बजारलाई नेपाल भित्र्याउने लक्ष्य लिएको बुद्ध एयरले जनाएको छ । बुद्ध एयरले देशका विभिन्न भागमा दिनहुँ ४ दर्जनभन्दा बढी उडान भरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ बुद्ध एयर भारतको वाराणसीमा साताको सोमबार र शुक्रवार गरी दुई उडान भरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७