कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’


२२ बैशाख २०८१, शनिबार
rohit poudel

काठमाडौं । नेपाली कप्तान रोहित पौडेल वेष्ट इण्डिज ‘ए’ विरुद्धको टी–२० सिरिजको प्लेयर अफ द सिरिज बनेका छन् । कप्तान रोहितले यस सिरिजमा सर्वाधिक २६५ रन बनाएका थिए । जसमा एक शतक र २ अर्धशतक सामेल छन् ।

त्यस्तै यस सिरिजमा दोस्रो धेरै रन बनाएका वेष्ट इण्डिज ‘ए’ का जोन्सन चार्लेज सिरिजको बेस्ट ब्याट्सम्यान बनेका छन् भने ८ विकेट लिएका वेष्ट इण्डिज ‘ए’ का ओबेड म्याककोय सिरिजको बेस्ट बलर बनेका छन् । ५ खेलको सिरिज वेष्ट इण्डिज ‘ए’ ले ३–२ ले जितेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७