सर्लाहीमा प्रधानमन्त्रीलाई १०१ किलोको माला


२२ बैशाख २०८१, शनिबार
Prachanda sarlahi

सर्लाही । सर्लाहीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई १०१ किलो फूलको मालाले स्वागत गरिएको छ ।

बलरा नगरपालिका–८ स्थित जनता नमुना माबिको नवनिर्मित भवन उद्घाटन एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न आएका प्रधानमन्त्री प्रचण्डलाई बलरा नगरपालिकाका नगर प्रमुख रामाशङ्कर कुशवाहा र रामनगर गाउँपालिकाका अध्यक्ष मुराजाबाबु यादवले पालिकाका तर्फबाट १०१ किलोको फूलको माला लगाएर स्वागत गरेका हुन् ।

प्रधानमन्त्री दाहालसँगै नेताहरु महेन्द्र यादव, भरत साह र युवराज भट्टराई लगायतका नेता कार्यक्रममा सहभागी छन् । कार्यक्रममा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७