आइएमई जेटीआई ग्रान्ड जुनियर एकल ओपन टेनिस प्रतियोगिता वैशाख २ सुरु हुने

काठमाडौं,५ चैत । दोस्रो आइएमई जेटीआई ग्रान्ड जुनियर एकल ओपन टेनिस टुर्नामेन्ट वैशाख २ मा सुरु हुने भएको छ । आइएमई फाउन्डेसनको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

आइएमई फाउन्डेसन आइएमई ग्रुपको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९सीएसआर० पहल हो । प्रतियोगिता बैशाख ७ गतेसम्म चल्नेछ ।
प्रतियोगिताको पुरस्कार राशी ३ लाख २६ हजार रहेको छ । उक्त एकल प्रतियोगितामा देशभरबाट ८ वर्षदेखि १४ वर्षसम्मका १ सय ५० प्रतिस्पर्धी सहभागिता जनाउने अपेक्षा गरिएको छ ।
प्रतियोगिताको आवेदन फारम चैत ५ गतेदेखि २५ गतेसम्म दशरथ रंगशाला टेनिस कम्प्लेक्स त्रिपुरेश्वर, नेपाल टेनिस एसोसिएसन सातदोबाटो ललितपुर, मण्डीखाटार टेनिस कोर्ट मण्डीखाटार, नाउलिङ स्पोर्टस भिल्ला सुन्दरवस्ती भंगाल र आइएमई कम्प्लेक्स पानीपोखरीमा बुझाउनुपर्ने छ ।