म्याग्दीको प्रदेशसभा क मा माओवादी र ख मा एमाले विजयी


२२ मंसिर २०७४, शुक्रबार
IMG 5082 1

म्याग्दी: म्याग्दीको प्रदेशसभा सदस्यमा क्षेत्र (क)बाट नेकपा (माओवादी केन्द्र)का विनोद केसी निर्वाचित भएको छ । IMG 5082 1

नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट उम्मेदवार बनेका केसीले काँग्रेस राप्रपा गठबन्धनका भीमप्रसाद गौचनलाई दुई हजार ५२६ मत अन्तरले पराजित गरेको हो ।
केसीले १४ हजार ७०४ र उनका प्रतिस्पर्धी राप्रपाका गौचनले १२ हजार १७५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 पञ्चायतकालमा दुई पटक राज्यमन्त्री, जिल्ला पञ्चायत सभापतिसमेत भइसक्नु भएका ७७ वर्षीय गौचनलाई पराजित गर्दै केसी प्रदेश नं ४ मा सम्भवत् कम उमेरको सांसद बनेको छ । बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिका समावेश भएको प्रदेशसभा क्षेत्र ९क०मा ४२ हजार ९३३ मतदाता रहेकामा २७ हजार ६७५ मत खसेको थियो ।

यसैगरी प्रदेशसभासदस्यमा क्षेत्र (ख)बाट एमालेकी नरदेवी पुन दश हजार ८६८ मत प्राप्त गरी विजयी भएको छ । प्रतिनिधिसभाको मतगणना पनि अन्तिमचरणमा पुगेको छ । प्रतिनिधिसभा सदस्यको मत गणामा एमालेका भूपेन्द्रबहादुर थापाको अग्रता कायम छ । नेकपा एमाले र (माओवादी केन्द्र)को वाम गठबन्धनबाट उम्मेदवार बनेकी पुनले दुई हजार ८७१ मत अन्तरले काँग्रेसका अमलाल फगामीलाई पराजित गरेको हो ।

 दोस्रो संविधानसभामा समानुपातिक सभासद्का साथै राज्यमन्त्री पनि बन्नुभएकी एमालेकी पुनले १० हजार ८६८ र काँग्रेसका फगामीले सात हजार ९९० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालालले जानकारी दिए ।  म्याग्दीको प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्र (क) को मतगणनामा वाम गठबन्धनका उम्मेदवार अगाडि रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७