ब्रिटिस आर्मी र सिंगापुर पुलिसमा यो वर्षको भर्ती खुल्यो, के छ प्रक्रिया ?


१५ बैशाख २०७६, आईतवार
British Gurkha army Recruitment

काठमाडौं, १५ वैशाख : बेलायती रक्षा मन्त्रालय अन्तरगतको गोर्खा ब्रिगेड एशोसिएशनले नयाँ भर्ना खुलाएको छ । इन्टेक २०२० का लागि ब्रिटिश गोर्खा र सिंगापुर पुलिस फोर्सका लागि साढे पाँच सयको लागि भर्ना खुलाएको हो ।

बेलायती सेनाले एक सूचना जारी गर्दै नेपालको धरान र पोखराबाट भर्ती लिइने जानकारी गराएको छ ।ब्रिटिस गोर्खा र सिङ्गापुर पुलिसको प्रशिक्षण दिन भनेर खोलिएका संस्थाहरुसँग बेलायती सेनाको कुनै सम्बन्ध नरहेको सूचनामा उल्लेख गरिएको छ ।

‘प्रशिक्षण केन्द्रहरुको ब्रिटिस गोर्खा र सिङ्गापुर पुलिस फोर्ससँग कुनै सम्बन्ध छैन’, सूचनामा भनिएको छ, ‘प्रशिक्षण केन्द्रहरुमा भर्ना हुन महँगो परेको हुन सक्छ र गोर्खा भर्तीमा सफलताको कुनै ग्यारेन्टी छैन ।’

कहिले खुल्दैछ भर्ना
गोर्खा भर्ती हुन चाहने नेपाली युवाका लागि धरान र पोखरामा भएकै पटक आवेदन खुल्ने भएको छ । गोर्खा भर्तीका लागि आउँदो मे २७ देखि जुलाई ७ सम्म आवेदन गर्न सकिने सूचनामा जानकारी गराइएको छ ।

बिट्रिस आमी र सिङ्गापुर पुलिसमा कति खुल्दैछ भर्ना ?

बेलायती सेनाले जारी गरेको सूचना अनुसार यो वर्ष ब्रिटिस गोर्खा आर्मीका लागि कम्तिमा ४३२ जना र गोर्खा कन्टिन्जेन्ट (सिङ्गापुर पुलिस) का लागि १२० नेपाली युवा माग गरिएको छ ।


कति लाग्छ शुल्क ?
गोर्खा भर्तीका नाउँमा हुने आर्थिक चलखेलप्रति सचेत हुन बेलायत सरकारले यसअघि पनि नेपाली युवाहरुलाई सचेत गराउँदै आएको छ । उसले भर्तीको संघारमा युवाहरुबाट कसैले आर्थिक फाइदा लिन नपाउन भनेर सचेत गराएको छ ।

बेलायती सेनाको भर्ती प्रक्रियामा कुनै शुल्क नलाग्ने र छनौट प्रक्रिया निष्पक्ष र पारदर्शी हुने दाबी गरिएको छ । कसैले गोर्खा भर्ती लगाई दिने प्रलोभनमा आर्थिक लाभ लिन खोजे जानकारी गराउन समेत सूचनामा आग्रह गरिएको छ ।

ब्रिटिस आर्मीमा भर्नाका लागि चाहिने योग्यता

१) वेलायती सेनाले ब्रिटिस गोर्खामा भर्ती हुनका लागि तेस्रो श्रेणीमा एसएलसी उत्तीर्ण अथवा कम्पार्ट पास भए पनि हुने जनाएको छ ।
२) नयाँ एसईई ग्रेडिङ प्रणालीमा न्यूनतम ३ सी र २ डी (अंग्रेजी र गणितमा सी गे्रडिङ अनिवार्य) ग्रेडिङ भएको हुनुपर्नेछ ।
३) उमेर १ जनवरी २०२० सम्म कम्तिमा १८ वर्ष पुगेको र बढीमा २१ वर्ष ननाघेको हुनुपर्ने जनाइएको छ ।
४) उचाई कम्तिमा १५८ सेन्टिमिटर हुनुपर्ने एवं बिएमआई १८–१८ हुनुपर्ने जनाइएको छ ।
५) छड्के आँखा भएको वा आँखा ठूलो सानो भएको स्वीकार्य नहुने सूचनामा उल्लेख छ । यसैगरी चश्मा, कन्ट्याक लेन्स, लेजर सर्जरी स्वीकार्य हुने छैन ।
६) दाँतमा दुईभन्दा बढी समस्या नभएको हुनुपर्नेछ । अगाडिको दाँत नक्कली, किराले नखाएको, भित्र वा बाहिर निस्केको र नखप्टेको हुनुपर्नेछ । भर्ती प्रक्रियामा दर्ता हुन मेशिन रिडेबल पासपोर्ट अनिवार्य आवश्यक पर्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७