प्रदेश–५ का युवा संघ अध्यक्ष बुढाथोकी कार दुर्घटनामा


१८ बैशाख २०७६, बुधबार
pradesh

दाङ, १८ बैसाख । प्रदेश–५ का युवा संघ अध्यक्ष मनोहर बुढाथोकी कार दुर्घटनामा परेका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शितगंगा नगरपालिका–८ अर्घाखाँचीमा युवा संघ प्रदेश–५ का अध्यक्ष मनोहर बुढाथोकीसहित नेकपाका जिल्लास्तरका नेता सवार कारलाई ट्रकले ठक्कर दिँदा बुढाथोकीसहित तीन जना घाइते भएका हुन् ।

मुख्यमन्त्री शंकर पोखरेलसहित बुटवल जान लागेका युवा संघका अध्यक्ष बुढाथोकी सवार बा १९ च १३३ नम्बरको कारलाई नारायणघाटबाट घोराही आउँदै गरेको ना ६ ख ४३४९ नम्बरको ट्रकले ठक्कर दिएको जनाइएको छ । दुर्घटनामा बुढाथोकीसहित नेकपा जिल्ला कार्यदल सदस्य शिवकुमार आचार्य, नेकपाका सदस्य लक्षमणकुमार शर्मा घाइते भएको अस्थायी प्रहरी पोष्ट सापमारा अर्घाखाँचीले जनाएको छ ।

बुढाथोकीको टाउको र निधारमा चोट छ । शिवकुमार आचार्यलाइ सामान्य खुट्टामा चोट लागेको छ भने लक्ष्मणकुमार शर्माको घाँटीमा चोट लागेको जनाइएको छ । बुढाथोकी र शर्मालाई थप उपचारको लागि नेपालगञ्ज लगिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७