बिहे गर्छु भन्दै बर्ष दिनसम्म बलात्कार, आरोपित युवक पक्राउ


२९ जेष्ठ २०७६, बुधबार
Rape for nayapage

दाङ, २९ जेठ । बिहे गर्छु भन्दै बर्ष दिनसम्म बलात्कार गरेको आरोपमा दाङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

विवाह गर्छु भनी पटक–पटक करणी गर्ने गरेको पीडितको जाहेरीका आधारमा दाङ तुलसीपुर उपमहानगरपालिका–१५ का १८ बर्षीय जीवन भनिने रुपक भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गएको चैतदेखि दाङकी एक महिलालाई लगातर करणी गरेको आरोप उनीमाथि लागेको छ । घोराही–१० डोक्रेना चोकमा कोठा लिई बारम्बार ज्यान मार्ने र बेइज्जत गर्ने धम्की दिएर करणी गर्ने गरेको पीडित पक्षले आरोप लगाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताएका छन् ।

उनलाई मुलुकी फौजदारी कार्यविध २०७४ को दफा १४ वमोजिम पाँच दिन म्यादथप गरी अनुसन्धान गर्न लागिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७