गोर्खा सैनिकको प्रशंसा गर्दै प्रधानमन्त्रीले भने, ‘गोर्खा वीर हुन्छन् भनेर थापा पाउने पहिलो देश ब्रिटेन’


२९ जेष्ठ २०७६, बुधबार
kp 1

बार्सिलोना, २९ जेठ । युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले लण्डन दूताबासमा आयोजित कार्यक्रममा गोर्खा सैनिकको खुलेर प्रशंसा गरेका छन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले बन्दुक देख्दा नतर्सिनेहरु खुकुरी देख्दा तर्सिने गरेको भन्दै गोर्खा सैनिकको प्रशंसा गरेका हुन् ।

उनले भने, ‘नेपालीहरु बहादुर थिए, गोर्खा सैनिकको बहादुरीका कारण बन्दुक देख्दा नतर्सिनेहरु खुकुरी देख्दा तर्सिन्थे’, उनले थपे, ‘गोर्खा सैनिकको बहादुरीका कारण यो सम्भव भएको हो ।’
उनले नेपालीहरु वीर छन् भन्ने थाहा पाउने पहिलो देश व्रिटेन भएको पनि बताएका छन् ।

प्रधानमन्त्री ओलीले बेलायत नेपालको पूरानो मित्र भएको पनि बताएका छन् । यो मित्रता औपचारिक रुपमा सन् १८१६ बाट शुरु भए पनि नेपालीले बेलायती सेनामा सो भन्दा एक वर्ष अगाडिबाटै काम गर्न थालेको स्मरण गरे ।

उनले आगामी दिन बेलायत र नेपालको सम्बन्ध झनै सुदृढ बन्नमा आफू विश्वस्त भएको बताएका छन् । २०३ वर्षदेखिको सम्बन्ध भए पनि विगत लामो समयदेखि नेपालका प्रधानमन्त्रीको बेलायतमा औपचारिक भ्रमण हुन सकेको थिएन । लामो समयपछि औपचारिक रुपमा प्रधानमन्त्रीको भ्रमण भएको हो ।

यसले सकारात्मक उर्जा थप्ने ओलीको विश्वास थियो । बेलायतमा नेपाली बोल्ने विदेशी देख्दा आफूलाई गर्व महसुस भएको उनले बताएका छन् । ‘नेपालीमा बोल्नु हाम्रा निम्ति खुशीको कुरा हो, गौरवको कुरा हो’ ओलीले भने । प्रधानमन्त्री ओलीले बेलायतमा रहने नेपालीको तारिफ समेत गरे । ‘नेपालीहरु जहाँ पुग्छन् त्यहाँ हावापानी संस्कृति रीतिरिवाजलाई सम्बोधन गरेर बस्छन्, त्यहाँका मानिसको सहयोगी भएर बस्छन्, यो नेपालीको विशेषता हो’, उनले भने ।

प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशबीचको सम्बन्धलाई मजबुत बनाउन मद्दत पुर्‍याएको परराष्टमन्त्री प्रदिप ज्ञवालीले प्रतिक्रिया दिए । उनले गैरआवासीय नेपाली संघले नेपालको विकासमा पुर्‍याएको योगदानको तारिफ गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७