दल होइन समुदायको आह्रवानमा काठमाडौंमा मानवसागर {फोटो फिचर}


४ असार २०७६, बुधबार
protest for cancle the guthi bill at maitighar 5

काठमाडौं, ४ असार :  गुठी विधेयक विरुद्ध काठमाडौंमा विशाल प्रर्दशन भएको छ । कुनै राजनीतिक दल नभई समुदायको आह्रवानमा बुधबार काठमाडौंमा मानवसागर उर्लिएको हो ।

काठमाडौंको बिभिन्न शहरबाट प्रर्दशनकारी माइतघर मण्डलामा आएका थिए । काठमाडौंको नेवार समुदायको बसोबास रहेको कृर्तिपुर, असन, ललितपुरको पाटन लगायतका स्थानबाट जुलुस निस्केको थियो ।

काठमाडौंको छेउछाउ थानकोट, टोखा, साँखु, दक्षिणकाली, ललितपुरका पाटन, खोकना, बुङमति, बज्रबराही, कीर्तिपूर, भक्तपुरदेखि काभ्रेसम्मका नेवार समुदाय बृहत जुलुस प्रदर्शनका लागि माइतीघर आइपुगेका थिए ।

२०७६ वैशाख १७ गते राष्ट्रिय सभामा दर्ता भएको गुठी विधेयक प्रक्रियाको हिसाबले ३ असार २०७६ मा फिर्ता भएको छ । तर, यसले संसदमा मात्रै होइनमा समाजमा समेत गहिरो असर पारेको छ । यसको असर बुधबार देखिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २७ बैशाखमा संसदमा दर्ता गरेको गुठी सम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५ ले गुठी प्राधिकरण गठन गरी देशभरका सबै गुठीलाई एकीकृत गर्दै सरकारी इकाईमा रुपान्तरण गर्ने प्रावधानले गुठीयारहरुलाई आक्रोशित बनाएको छ ।

protest for cancle the guthi bill at maitighar 2 protest for cancle the guthi bill at maitighar 3 protest for cancle the guthi bill at maitighar 5 protest for cancle the guthi bill at maitighar kp oli 4 protest for cancle the guthi bill at maitighar kp oli 3 protest for cancle the guthi bill at maitighar kp oli 2 protest for cancle the guthi bill at maitighar kp oli 6
KP oli VS Kathamndu Newar

फरक प्रर्दशन
विरोध प्रदर्शनमा लाठी, बन्दुक बोकेर आएका प्रहरीलाई प्रदर्शनकारीले फूल उपहार दिँदै हिडेका थिए । प्रहरीलाई गुठी विधेयकको विरोधमा उत्रिएका गायक योगेश्वर अमात्य फूल बाँडे ।

प्रदर्शन सकिएपछि प्रर्दशनकारी आफैले सरसफाईमा गरे । । हातमा सेतो पञ्जा लगाएका उनीहरुले प्रदर्शन स्थलमा जथाभावी छरिएका पानीका बोतल र कागज संकलन गरेका थिए । पानीका बोत्तल, चाउचाउका खोलले सडक फोहोर भएको थियो। प्रदर्शनकारीले आफैं फोहोर उठाएर सडक चिटिक्क पारे ।

प्रदर्शनकारीले टन्टलापुर घाममा उभिएका प्रहरीलाई पानी वितरण गरे । विरोध प्रदर्शन चलिरहँदा आएका एम्बुलेन्सलाई प्रदर्शनकारीले बाटो खाली गरिदिएका थिए ।

सरकार र नेकपाको लागि महङ्गो सिकाई
सरकारले सरकारी तथा सार्वजनिक गुठी जग्गा जाँचबुझ गर्न आयोग बनाएको छ । विशेष अदालतका पूर्वअध्यक्ष मोहनरमण भट्टराईको अध्यक्षतामा गठन भएको आयोगको प्रतिवेदनसम्म नकुरी हतार हतार सरोकारवालाहरुसँग छलफल नगरी छापामार शैलीमा विधेयक ल्याउनुपर्ने बाध्यता भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयलाई किन आयो ? यो प्रश्न त छदैछ । तर, यो विधेयक सरकारको लागि एउटा सिकाई बनको छ । तर, त्यो भन्दा बढी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को लागि भने महङ्गो साबित भएको छ ।

अजेन्डा बिहिन बनेर अलमलिरहेको प्रतिपक्ष नेपाली कांग्रेसलाई अजेन्डा दिने गरी तयार भएको विधयेकको बिरुद्धमा उपत्यकका नेवार समुदाय बिरोधमा उत्रिए । नेकपाकै निर्वाभित सांसद र जनप्रतिनिधहरु समेत सरकारको बिरोधमा सडकमा उत्रिए । समुदाय नै रिसाएपछि उनीहरु सडकमा आउन बाध्य थिए ।

उपत्यकाको समाजमा गहिरो प्रभाव राख्ने गुठियारहरुलाई समेत आक्रोशित पार्ने ल्याइएको विधेयकले पार्टीलाई समेत असर गरेको छ । यो विधेयक प्रकरणले भोलीसम्म नेकपालाई प्रश्न गर्ने अवस्था बनाइएको छ ।

यो विधेयकको कारण पछिल्लो समयमा बलियो बन्दै गएको सामाजिक सम्बन्धमा समेत असर गरेको छ । ३ असार २०७६ मा नै यो विधयेक सरकारले फिर्ता नगरेको भए ४ असार २०७६ देखि हुने प्रर्दशनले ठुलो असर पर्ने सक्ने खतरा थियो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले गुठी प्रथा सामन्तवादको स्वरूप भएकाले त्यसलाई समेत सुधार्न गुठी विधेयक आएको प्रतिक्रिया दिए । यसले पनि नेवार समुदायको नराम्ररी चित्त दुखायो । नेकपाकै संसदहरुले मन्त्री बाँस्कोटाको राजिनामा समेत मागे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७