समानुपातिकतर्फ एमाले खोटाङमा पहिलो दल, कसले कति मत ल्याए ? (सुचिसहित)


२७ मंसिर २०७४, बुधबार
uml

खोटाङ : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ । समानुपातिकतर्फ खोटाङमा नेकपा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेर पहिलो बनेको छ ।uml
कूल एक लाख २५ हजार १०८ मतदाता रहेको खोटाङमा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फ एमाले पहिलाे दल बनेकाे हाे ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रदेशसभा सदस्य क्षेत्र नम्बर १ (क) मा ३६ हजार ५५४ र (ख) मा ३४ हजार ६९८ मत खसेको थियो । तीमध्ये प्रतिनिधिसभातर्फ सात हजार ८५९ र प्रदेशसभातर्फ दश हजार ५४६ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए ।
त्यस्तै प्रत्यक्षतर्फको निर्वाचनमा सात हजार ७८१ मत बदर भएको जनाइएको छ । भौगालिक रुपमा विकट मानिएको पूर्वी पहाडी जिल्ला खोटाङमा मतदाता शिक्षा प्रभावकारी नहुँदा बढी मात्रामा मत बदर भएको हो ।

खोटाङमा प्रतिनिधिसभा प्रत्यक्षतर्फ वाम गठबन्धनले  जितेका थिए ।

प्रतिनिधिसभा

एमाले ः  २४ हजार १३४
नेपाली काँग्रेसले  : २० हजार ७१८
नेकपा (माओवादी केन्द्र) : १२ हजार ४३३
संघीय समाजवादी फोरम नेपाल : दुई हजार ४०५
राप्रपा : ९३२
नयाँ शक्ति नेपाल : ७२७
नेकपा मालेले : ५६६
राप्रपा (प्रजातान्त्रिक) : ३०६
प्रदेशसभा
 एमाले : २१ हजार ३४९
काँग्रेस : १६ हजार ८६१
माओवादी केन्द्र : १३ हजार ५२०
राप्रपा : ३ हजार १७२
संघीय समाजवादी : दुई हजार १४१
नेकपा माले : ९६९
नयाँ शक्ति : ७५४
राप्रपा (प्रजातान्त्रिक) : ६६८
राजपा : ४०४

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७