कामना सेवा विकास बैंक र एन पे बीच अनलाइन भुक्तानी सम्झौता


५ भाद्र २०७६, बिहीबार
kamana sewa bikas bank

काठमाडौं, ५ भदौं । कामना सेवा विकास बैंक र एन पे बीच अनलाइन भुक्तानी सम्बन्धी सम्झौता भएको छ । यो सम्झौता पछि कामना सेवा विकास बैकका मोबाइल वा इन्टरनेट बैकिङ सुविधा लिएका ग्राहकले ५० भन्दा बढी ई–कमर्श वेब साइटमा अनलाईन भुक्तानी गर्न सक्नेछन् ।

यसरी, “प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकका ग्राहकले अनलाईन भुक्तानी गर्न मिल्ने ई–कमर्श वेब साइटहरुमा गई हेर्न सक्ने छन् ।


काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस कामना बैंकले देशका विभिन्न ठाउँहरुमा ९७ वटा शाखा तथा ४५ वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

साथै, बैंकले एबिबिएस, एसएमएस बैकिङ, मोबाइल बैैकिङ, सी आस्बा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप तथा परिमार्जन गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७