२०७६ भदौं १२ गते बिहीबारको तपाईको राशिफल


१२ भाद्र २०७६, बिहीबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सरकारी निकाएको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । अविश्वास उत्पन्न हुनेछ । घर परिवारमा झै–झमेलाको अवस्था आउँला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आफन्तसँग भेटघाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । स्वादिष्ट भोजन पाइने छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बन्न लागेको काम विग्रिने छ । सामान हराउने वा चोरी हुने भय छ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु होला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेकोे र ताकेको कार्य पूरा होला । कलकारखाना र बन्द व्यापारमा फाइदा हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
लाभ, हानी, आय, व्यय, सुख, दुःख बराबरी मध्यम खालको दिन छ तर ठूलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । प्रेममा बाधा पनि रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । वित्तीय संस्थाबाट सहयोग पाइने छ । पदोन्नतीको सम्भावना प्रवल छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । राज्यबाट मान सम्मान पाइनेछ । शुभ समाचार सुन्न पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
जोश जाँगर र हिम्मत बढ्ने छ । आकस्मिक धन लाभ हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउने छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धर्म कर्म, परोपकार, समाज सेवा जस्ता कार्यमा मन लाग्ने छ । रोकिएको धन पाइएला । अतिथिको रूपमा सत्कार पाइने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
अरुलाई प्रभावित पारेर काम बन्ने छ । मनोरञ्जनमा सहभागी भइएला । परिवारिक सद्भाव बढ्ने छ । व्यापार, व्यवसायमा पर्याप्त लाभ मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
शुभकार्यको चर्चा चल्ने छ । परिवारमा सुख सन्तोष छाउने छ । कला र गलाको प्रभाव बढ्ने छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७