२०७६ भदौं १४ गते शनिबारको तपाईको राशिफल


१४ भाद्र २०७६, शनिबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शुभकार्यको चर्चा चल्ने छ । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । लाभदायक यात्रा रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । श्रमको उचित मूल्याङन हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अतिथिका रूपमा सम्मान पाइने छ । आत्मिक सन्तुष्टि मिल्ने छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्ने छ । आत्मिक सन्तुष्टि मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । कार्य सम्पादनमा सहजता मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । कला र गलाको प्रभाव बढ्ने छ । मनोरञ्जनमा सहभागी भइएला । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्ने छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहने छ । गरेको काममा ढिलासुस्ती हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारिक सद्भाव बढ्ने छ । नयाँ व्यक्ति संग भेटघाट हुने समय छ । व्यापार व्यवसायबाट लाभ मिल्ने छ । मिहिनेत गर्दा प्रगति हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला । बोलीको विपरीत अर्थ लाग्नसक्छ अतः संयम रहनु होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
इच्छा र आकांक्षा पूर्ण हुने भएको छ । मनमा हर्ष छाउने छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । नयाँ अलंकारको प्राप्ति हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
हल्लाको भर पर्दा दुख पाइनेछ र गरेका काममा ढिलासुस्ती हाला । मनमा दुविधा उत्पन्न हुनेछ । दिनको उत्तरार्धमा धन खर्च बढ्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । शुभकार्यको चर्चा चल्नेछ । रुलाई प्रभावित पारेर काम बन्ने छ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७