२०७६ भदौं २१ गते शनिबारको तपाईको राशिफल


२१ भाद्र २०७६, शनिबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । शत्रु क्षय होलान् । नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
पारिवारसँग रमाइलो भेटघाट हुनेछ । रोकिएको काम पुनः प्रयत्न गर्दा फाइदा हुनेछ । लाभदायक यात्रा हुनेछ । बिना प्रतिष्पर्धा फाइदा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभारम्भको चर्चा चल्ने छ । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । अतिथिको रूपमा सत्कार पाइएला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आम्दानी बढाउने काम शुरु गर्न सकिने छ । चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । धार्मिक यात्राको योग छ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
प्रेमीको सहयोग पाइने छ । राजनीतिक कार्यमा सफलता मिल्ने छ । जोश जाँगर र हिम्मत बढ्ने छ । आँटेको र ताकेको कार्य पूरा होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साझेदारीको काम तथा सानातिना समस्यामा अल्झिनु पर्नेछ । राजनैतिक कार्यमा बाधा आउँला । मुद्दा मामिला पनि आइलाग्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । रोमाञ्चक यात्रा होला । रोजगारको अवसर मिल्ने छ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सोचे जस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । स्वास्थ्य सम्बन्धि बिशेष गरी पेटसम्बन्धि समस्याले सताउँला । यात्रामा माल सामान हराउन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । जोश जाँगर र हिम्मत बढ्ने छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । कार्यमा बाधा आउने छ । मनमा निरासा र शरीरमा आलस्य आउँला । व्यवसायमा मन्दी आउने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
कला र गलाको प्रभाव बढ्ने छ । शुभ समाचार सुन्न पाईएला । वाक्चतुर्याईले सङ्कल्प सिद्ध हुनेछ । पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७