२०७६ भदौं २२ गते आइतबारको तपाईको राशिफल


२२ भाद्र २०७६, आईतवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पराक्रम बढेर जाने छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । सामाजिक काममा मन जाला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साथीभाइले राम्रो सहयोग गर्नेछन् । चल अचल सम्पती जोड्ने समय रहेको छ । लाभदायक यात्रा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभ कार्यको चर्चा चल्नेछ । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । अतिथिलाई स्वागत गर्न पाइएला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार व्यवसाय साविककै अवस्थामा चल्ला । चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
अभिभावकको उच्च सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । धार्मिक यात्राको योग छ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
प्रेमी प्रेमिकाबीच खटपट आउन सक्ला । राजनीतिक कार्यमा सफलता मिल्ने छ । जोश जाँगर र हिम्मत बढ्ने छ । आँटेको र ताकेको कार्य पूरा होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साझेदारी व्यवसायमा झमेला आउन सक्ने छ । राजनैतिक यात्रा फाइदाजनक रहेको छ । । मुद्दा मामिला पनि आइलाग्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला । रोजगारको अवसर मिल्ने छ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सोचेको काम पूरा नहुँदा मनमा दिग्दारी जाग्न सक्ला । स्वास्थ्य समस्या सुधार भएर जानेछ । यात्रामा मालसामान हराउन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अवसरहरुले तपाईको पिछा गर्नेछ । जोश जाँगर र हिम्मत बढ्ने छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
सामाजिक कार्यमा धेरै समय खर्च होला । पढाइ लेखाइको काममा प्रगती भएर जानेछ । मनमा निरासा र शरीरमा आलस्य आउँला । व्यवसायमा मन्दी आउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
व्यवसाय गर्नेहरुका लागि फलदायी समय रहेको छ । धार्मिक कार्यमा सरिक भइएला । बोलीको प्रभाव बढेर जानेछ । पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७