लोकसेवाले पाँच हजार कर्मचारीको विज्ञापन खुलाउँदै


२३ भाद्र २०७६, सोमबार
Loksewa Aayog

काठमाडौं, २३ भदौं । लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारीको विज्ञापन खुलाउने भएको छ ।

स्थानीय तहमा कर्मचारी भर्ना प्रक्रिया अन्तिम चरणमा पुगेका बेला लोकसेवा आयोगले संघका लागि पनि नयाँ भर्ना प्रक्रिया शुरु गर्ने तयारी गरेको हो ।

आयोगले करिब ५ हजार रिक्त दरबन्दीमा नर्या भर्ना प्रक्रिया शुरु गरेको हो । संघीय तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव र सहसचिव पदका लागि आयोगमा माग पठाइसकेको छ । एक हप्ताभित्रै अन्य पदमा पनि माग पठाउने तयारी भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार संघका लागि करीब ५ हजार पद रिक्त छन । अहिले कहाँ कुन पद रिक्त छन, विवरण संकलन गरिरहेको मन्त्रालयले जनाएको छ । सबै विवरण आइसकेपछि एक हप्ताभित्रै आयोगमा सिफारिस पठाउने बताइएको छ ।

संघका लागि आयोगले दुई वर्षदेखि नयाँ भर्ना लिएको थिएन । समायोजन प्रक्रिया टुंगिएपछि आयोगले नयाँ भर्ना प्रक्रिया ुरु गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७