गेटा मेडिकल कलेजको काम ८० प्रतिशत काम सकियो


२३ भाद्र २०७६, सोमबार
geta medical college

घोडाघोडी, २३ भदौं । सुदूरपश्चिम प्रदेशको कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेज निर्धारित समयमै निर्माण सम्पन्न हुने भएको छ । गोदावरी नगरपालिका–५ गेटामा निर्माणाधीन उक्त कलेजको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको छ ।

भौतिक पूर्वाधार निर्माणको काम भइरहेको गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर साउदले जानकारी दिए । आर्थिक वर्ष २०७३–७४ देखि सात प्याकेजमा कलेज निर्माणको काम शुरु भएको हो ।

‘भवनको भित्री सबै काम पूरा भइसकेको छ’, साउदले भने । छ सय शैंया रहने सो कलेज निर्मणको काम कुमार श्रेष्ठ निर्माण सेवाले गरिरहेको छ । दुई प्याकेजमा भवन निर्माण गरिरहेको साउदले बताए ।

कलेजमा हाल सानाठूला गरी २७ वटा भौतिक संरचना निर्माण भइरहेका छन् । कलेजको छात्रवास निर्माणको जिम्मा पाएको लुम्बिनी रमण केएस जेभीले ७० प्रतिशत काम सम्पन्न गरेको छ । ‘एक वर्षपछि चिकित्सा शिक्षाको पढाइ शुरु हुनेछ’, साउदले भने ।

सुदूरपश्चिम प्रदेशको समृद्धिसँग जोडिएको उक्त कलेज निर्माणको घोषणा आव २०६६ र ०६७ मा भएको हो । कलेज सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको छ । ‘आवश्यकताअनुसार थप पूर्वाधार निर्माण गर्दै जानेछौं’, उनले भने । प्रदेशमा हालसम्म एउटा पनि मेडिकल कलेज छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७