असोज ५ देखि दशैंको टिकट बुकिङ खुल्ने


२६ भाद्र २०७६, बिहीबार
Gongambu Bus Park

काठमाडौं, २६ भदौं । नेपाली चाड दशैं नजिकिंएसँगै सर्वसाधरणलाई आफ्नो घर फर्किने योजनामा जुटिसकेका छन् । यसैलाई मध्यनजर गर्दै असोज ५ गतेदेखि काठमाडौं उपत्यकामा दशैंको अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ ।

यातायात व्यवस्था विभागमा आज बसेको विभागका अधिकारी, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले असोज ५ देखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

यस पटकको दशैंमा नयाँ यातायात भने थपिएको छैन । दशै– तिहारका लागि हालको प्रचलित भाडाअनुसार नै टिकट बुकिङ हुने विभागले जानकारी दिएको छ । विगतमा एक महिना भन्दा अगाडि नै दशैंको टिकट बुकिङ खुल्ला हुने गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७