प्रेस काउन्सिलले भव्यता साथ स्वर्ण जयन्ती मनाउँदै, सञ्चारग्राम परिसरमा सरफाई


२६ भाद्र २०७६, बिहीबार
press counil 1

मदनकृष्ण सिलवाल
काठमाडौँ, २६ भाद्र । संविधान दिवस तथा प्रेस काउन्सिल नेपालको स्वर्ण जयन्तीको अवसरमा काउन्सिलले सञ्चारग्राम परिसरमा सरफाई कार्यक्रम सम्पन्न गरेको छ ।

काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालको अगुवाई काउन्सिलमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको सहभागिता रहेको सो कार्यक्रममा करीब १० क्वीन्टल फोहोरमैला संकलन गरिएको छ ।
सञ्चारग्राम प्रवेश गर्ने बाटोमा झाडी, प्लाष्टिक र ढल तथा पानी बगाएर ल्याएका लत्ताकपडासहितको सो फोहोरले वातावरण प्रदूषित भइरहेकोले सरसफाईपश्चात् सञ्चारग्राम परिसर सफासुग्घर देखिएको छ । भाद्र २६ गते विहीबार दिउँसो ३ः०० बजेदेखि सुरु भएको सरसफाई कार्यक्रममा बेलुका ५ः३० बजेसम्म सञ्चालन गरिएको थियो ।

काउन्सिलले संविधान दिवस तथा प्रेस काउन्सिल नेपालको स्वर्णजयन्तीको अवसरमा साताव्यापी विभिन्न कार्यक्रहरू आयोजना गर्ने भएको छ । साताव्यापी कार्यक्रमकोसञ्चारग्राम परिसर सरसफाई कार्यक्रमबाट सुभारम्भ गरिएको छ ।


प्रेस काउन्सिल कर्मचारी संघको संयोजनमा हुने साताव्यापी कार्यक्रहरूमा आचारसंहिता जागरण दोहोरीगीत कार्यक्रम, रक्तदान कार्यक्रम, दौड कार्यक्रम, फुडसल लगायतका अतिरिक्त क्रियाकलापहरू सञ्चालन हुनेछन् ।

आगामी असोज ६ गते ५०औँ वार्षिकोत्सवको मूल कार्यक्रम सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको समुपस्थितिमा राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ । सो कार्यक्रममा काउन्सिलको वार्षिक प्रतिवेदन, मिडिया एण्ड इथिक्स  (अंग्रेजी प्रकाशन) र संहिता जर्नल समेत एकैसाथ सार्वजनिक गरिने भएको छ ।

सोही अवसरमा पत्रकार आचारसंहिता, २०७३,(परिमार्जन २०७६)को समेत सार्वजनिक गरिने छ । विगत वर्षहरूमा जस्तै स्वर्णजयन्तीको अवसरमा पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गर्नुका साथै प्रेस काउन्सिल पुरस्कारहरू समेत प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ ।

विगतको कार्यक्रहरू भन्दा यस वर्ष विश्व प्रेस काउन्सिलसहित सार्क राष्ट्रका प्रेस काउन्सिलका प्रतिधिनिहरूको उल्लेख्य उपस्थिति रहनुका साथै असोज ७ मा अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न हुने कार्यक्रम तय भएको प्रेस काउन्सिलले जनाएको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७